हेटौंडा : मकवानपुर जिल्लाका साहित्यकार निमेष निखिल रूपन्देही जिल्लाबाट सम्मानित हुनु भएको छ । सोमबार रूपन्देहीमा रहेको सहिद स्मृति पुस्तकालयको २४ औँ वार्षिक उत्सवको अवसरमा सम्मानित हुनुभएको हो । पुस्तकालयले राजधानी बाहिर रहेर नेपाली साहित्यमा विशेष योगदान दिने साहित्यकारहरूलाई सम्मान गर्दै आएको छ ।
साहित्यकार वनमाली निराकरले आफ्नो अभिभावकको नाममा अक्षयकोष राखेर आयोजना गर्नुभएको नेत्रशोभा स्मृति साहित्य पुरस्कार २०८२ मकवानपुरे साहित्यकार निमेष निखिललाई प्रदान गरिएको सहिद स्मृति पुस्तकालयका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
साहित्यकार निमेंषलाई वार्षिक उत्सवको अवसरमा नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरिएको ज्ञवालीले बताउनुभयो । यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । गत वर्ष कैलाली जिल्लाको श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरिएको थियो ।











