हेटौंडा : जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२५ शनिबार सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको जेसीज सप्ताह विविध कार्यक्रम गरी सम्पन्न भएको हो ।
यस वर्ष जेसीज सप्ताहमा रक्तदान कार्यक्रम, सुरक्षित मोटरसाइकल गुडाउने प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम, हाजिरीजवाफ प्रतियोगिता र खाद्यान्न सामग्री वितरणलगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो । साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहयोग रहेको थियो ।
जेसीज सप्ताहको अन्तिम दिन शनिबार पुरस्कार वितरण समारोह र समापन कार्यक्रम गरी सप्ताहको अन्त्य भएको हो । जेसीआई हेटौंडाको सन् २०२५ का अध्यक्ष पंकज दास बानियाको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि जेसीआई हेटौंडाको सन् १९९८ का शाखा अध्यक्ष दीपक शाक्य, विशिष्ट अतिथि सन् २०२४ का अध्यक्ष एवम् केन्द्रीय महासचिव विकेशलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
