हेटौंडाः माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा १ हजार ३ सय ७९ जना अनुपस्थित भएका छन् । शनिबार शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा हेटौंडाका केन्द्रहरुमा ३ हजार ८ सय ६५ जना उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो ।
बागमती प्रदेशबाट आवेदन दिएकाहरुको परीक्षा हेटौंडा र चितवनमा तोकिएको थियो । हेटौंडाका २१ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । मकवानपुर बहुमुखी क्याम्पस, सिद्धार्थ माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, बालज्योति माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, प्रगति माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, ज्ञानदा माध्यमिक विद्यालय र अमर माध्यमिक विद्यायलमा परीक्षा सञ्चालन भएको थियो । मकवानपुर जिल्लामा ५ हजार २ सय ४४ जना परीक्षार्थी रहेका थिए ।











