हेटौँडा : हेटौँडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विवेक आनन्द न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार भएको १७ औं वार्षिक साधारणसभाले न्यौपानेलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । सहकारीको उपाध्यक्षमा चतुरबहादुर तामाङ, सचिवमा होमराज न्यौपाने, कोषाध्यक्षमा राम प्रसाद तिमल्सिना, सदस्यहरुमा संजिव तिमल्सिना, सुदर्शन भट्राई, भगवान राना, सुमित्रा पराजुली र बिमला कुमारी सारु चयन हुनुभएको छ ।
साधारणसभाबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा विश्वप्रसाद गौतम, सदस्यमा चिरन कुमार घिमिरे र आकाश बहादुर थापा चयन हुनुभएको छ । यसअघि साधारणसभाको उद्घाटन समारोहमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सहकारीका कार्यवाहक अध्यक्ष विवेक आनन्द न्यौपानेले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न संस्थागत सम्पति तथा आय गरि ४ करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा कारोबार वृद्धि भई ५ करोड ४१ लाख ४२ हजार रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
सेयर सदस्य ६ सय ६९ जना रहेको सहकारीको सेयर पुँजी ४६ लाख २५ हजार रुपैयाँ रहेको छ । सहकारीले २ करोड ६० लाख रुपैयाँ बचत संकलन गर्दा ३ करोड ७८ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले १ करोड २६ लाख रुपैयाँ ऋण लिएको छ ।
