हेटौंडा : एन्फा प्रेशिडेन्ट लिग २०८२ मा सुर्खेतको काक्रेविहार युथ क्लब विजयी भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सुरु भएको प्रतियोगितामा विहारले आफ्नो पहिलो खेलमा तनहँुको हैरान्स क्लबलाई हराउँदै विजयी शुरुवात गरेको छ ।
काक्रेविहारले हैरान्सलाई ३–२ को गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफमा काक्रेविहारका सुजन बालम्पाकी मगरले ३२ औँ र अशिष चापागाई ४२ औँ मिनेटमा समान १÷१ गोल गरेको हो । यसैगरी दास्रो हाफमा अनिस धर्ति क्षेत्रीले १ गोल गरेको हो । भने हैरान्सका लागि दास्रो हाफमा समिराज थोकर ५८ औँ र विश्व लामाले ८४ औँ मिनेटमा समान १÷१ गोल फरकाएको थियो । प्लेयर अफ द म्याच घोषित भएका काक्रेविहारका क्याप्टेन रोशन कार्कीले पुरस्कार स्वरुप नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको अर्को खेल स दोलखाको टाइगर्स टिम टिकाताथल र उदयपुरको गाईघाट फुटबल क्लब बीच हुँदैछ ।
