Home मुख्य समाचार किर्ते मुद्धाका फरार रामलाल न्यासुर पक्राउ

किर्ते मुद्धाका फरार रामलाल न्यासुर पक्राउ

साङ्केतिक तस्वीर ।

हेटौंडाः भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा भिमफेदी कारागारबाट भागेका रामलाल न्यासुर पक्राउ परेका छन् ।


मकवानपुरको बकैया गाउँपालिका—४ बस्ने ६७ वर्षीय रामलाललाई इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । किर्ते मुद्धाका प्रतिवादी रहेका रामलाललाई कारबाहीका लागि भिमफेदी कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

Exit mobile version