Home मुख्य समाचार यात्रुहरुलाई हैरानी दिने चार जना पक्राउ

यात्रुहरुलाई हैरानी दिने चार जना पक्राउ

साङ्केतिक तस्वीर ।

हेटौंडा : हेटौंडा–१०, बसपार्कमा यात्रुहरुलाई जबरजस्ती झोला तानेर सवारी साधनमा चढाउने र अनावश्यक दुःख–हैरानी दिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला बारा कोल्वी नगरपालिका–२ का २३ वर्षीय रोहन कुमार भुजेल, हेटौंडा–१० का १९ वर्षीय सुरज कुमार, हेटौंडा–१ का ३० वर्षीय सुशान्त तामाङ र हेटौंडा–११ का ३५ वर्षीय जीवन थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बिहीबार बिहान ७ बजेर ४५ मिनेटको समयमा बसपार्क क्षेत्रबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । यात्रुहरुको इच्छा विपरीत व्यवहार गरी अभद्र कार्य गरेको आरोपमा उनीहरुमाथि आवश्यक कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

Exit mobile version