Home मुख्य समाचार कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडक सुचारु

कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडक सुचारु

पहिरो पन्छाएर एकतर्फी सुचारु गरिएको कुलेखानी–सिस्नेरी सडकखण्ड ।

हेटौँडा : हेटौँडा–ललितपुर कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडक सुचारु भएको छ ।

आइतबार बिहान बिहान ६ बजेर ५५ मिनेटको समयमा बकैया–११, घट्टेखेपाखामा बाटो माथिबाट ढुंगा खसेपछि अवरुद्ध भएको कान्ति लोकपथ आइतबार बिहान १० बजेको समयमा ढुंगा हटाएर सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

यस्तै हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत कुलेखानी–सिस्नेरी सडकखण्ड पनि आइतबार दिउँसोबाट एकतर्फी सुचारु भएको छ । शनिबार साँझ ५ बजेर १५ मिनेटको समयमा इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खसेर अवरुद्ध भएको सडक आइतबार दिउँसोदेखि एकतर्फी सुचारु भएको प्रवक्ता बोगटीले जानकारी दिनुभएको छ ।

Exit mobile version