हेटौँडा : १८ औं एलडी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन हेटौँडा फुटबल एकेडेमीको टोली भारत प्रस्थान गरेको छ । टिम प्रशिक्षक र अफिसियलसहित २० जना खेलाडी बिहीबार राति हेटौंडाबाट सिक्किमका लागि प्रस्थान गरेको हो ।
बिहीबारबाट सिक्किमस्थित सोरङ जिल्लाको चाकुगमोमा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा फुटबल एकेडेमीले आइतबार आफ्नो पहिलो खेलमा नाम्ची जिल्लाको रेडपाण्डाको टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीसहित १६ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल कार्तिक २३ गते हुनेछ ।
