हेटौँडाः शिक्षक सेवा आयोगले कात्तिक २२ गते शनिबार सञ्चालन गर्ने माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कात्तिक २२ गते शनिबार दिउँसो १ बजेबाट सञ्चालन गर्ने परीक्षाका लागि बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लामा परीक्षा केन्द्र निर्धारण गरी बिहीबार सार्वजनिक गरेको हो ।
मकवानपुर जिल्लाका लागि हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस, सिद्धार्थ माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, बालज्योति माध्यमिक विद्यालय, त्रिभुवन माध्यमिक विद्यालय, प्रगति माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, ज्ञानदा माध्यमिक विद्यालय र अमर माध्यमिक विद्यायलमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । मकवानपुर जिल्लामा ५ हजार २ सय ४४ जना परीक्षार्थी छन् ।
यसैगरी, चितवन जिल्लाका लागि भरतपुरको चितवन माध्यमिक विद्यालय, भरतपुर माध्यमिक विद्यालय, शरदपुर माध्यमिक विद्यालय, बालकुमारी माध्यमिक विद्यालय, आदिकवी भानुभक्त माध्यमिक विद्यालय, प्रेमबस्ती माध्यमिक विद्यालय, नारायणी नमूना माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, सिद्धिविनायक माध्यमिक विद्यालय, बालकुमारी कन्या माध्यमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा परीक्षा केन्द्र तोकिएको हो । चितवन जिल्लामा पनि ५ हजार २ सय ४४ जना परीक्षार्थी रहेका छन् ।
