हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–६, हात्तीचोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय राम परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार राती खाना खाएर सुतेका परियार बुधबार बिहान ८ बजेको समयमा मृत फेला परेका थिए । परियार हातीचोकस्थित शम्भु माझीले संचालन गर्दै आइरहेको होटल पार्क सेन्चुरीमा काम गर्ने कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।
