हेटौँडा : नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी आज हेटौँडामा ल्याइँदै छ। दोस्रो संस्करणको एनपिएल सुरु हुनुअघि देशव्यापी ट्रफी प्रदर्शनको क्रममा चितवनबाट ट्रफी हेटौँडा ल्याउन लागिएको हो ।

मकवानपुर जिल्ला क्रिकेट संघका सचिव बिनोद कुमार बानियाँका अनुसार आज मंगलबार दिउँसो ३ बजे हेटौँडा आइपुग्ने ट्रफी बजारक्षेत्रबाट हेटौँडा–६ स्थित गौरिटार रंगशाला पुर्याएर बुद्धचोकमा समापन गरिनेछ। ट्रफीसँगै चितवन राइनोजका खेलाडी पनि सहभागी हुने सचिव बानियाँको भनाइ छ। एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।