Home मुख्य समाचार हेटौँडाको खाजाघरमा तास खेल्ने ११ जना ६ लाख नगदसहित पक्राउ

हेटौँडाको खाजाघरमा तास खेल्ने ११ जना ६ लाख नगदसहित पक्राउ

हेटौँडा : हेटौँडा–१०, बसपार्क नजिकै रहेको गुम्बा नजिकैको एक खाजाघरमा तास खेलिरहेका ११ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ६ लाख ६ हजार ३ सय १० रुपैयाँ नगद, ११ बुक ताससहित ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले खाजाघर सञ्चालक हेटौँडा–१०, कर्राका ३५ वर्षीय हिरालाल मोक्तान, हिरालालकी श्रीमति ३५ वर्षीया वसन्ती ब्लोन, हेटौँडा–१० टिसिएनरोडका ३७ वर्षीय अर्जुन तामाङ, हेटौँडा–१०, न्युरेनीका ३८ वर्षीय टुम बहादुर वाइबा, हेटौँडा–१०, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौँडा–४, हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, हेटौँडा–४, हुप्रचौरकी ३० वर्षीया शान्तिमाया तामाङ, हेटौँडा–१०, बसपार्ककी ६६ वर्षीया कान्छीमाया ब्लोन, हेटौँडा–११, थानाभर्‍याङकी ४५ वर्षीया सीता लामा, मकवानपुरको बागमती गाउँपालिका–५, ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल, र मकवानपुरको मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा रहेका छन् ।

Exit mobile version