हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८ स्थित कमाने एकेडेमीको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको दुई दिने वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयले हरेक वर्ष वार्षिक खेलकुद सप्ताह मनाउँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी बस्नेतले बताउनुभयो । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा बिहीबार र शुक्रबार विविध खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।
कार्यक्रमा दौड, डोरी तान्ने, बल्ल फ्याँक्ने, रिले, ब्याडमिन्टनलगायतका खेलहरु आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसअघि कक्षा ४ भन्दा मुनिका विद्यार्थीहरुका लागि विद्यालयमै विभिन्न खेल खेलाइएको सहायक प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।
विद्यालयमा हाल ७ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । ५ सय जनाले प्रतियोगितामा भाग लिएका थिए । विद्यार्थीहरुलाई ग्रिन, ब्लु, एल्लो र ग्रे गरी चार वटा हाउसमा बाँडिएको थियो । प्रत्येक खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई समापन कार्यक्रममा मेडल प्रदान गरिएको छ । सबै खेलमा सबैभन्दा बढी अंक प्राप्त गरेको ग्रे हाउसले प्रथम स्थान हासिल गरेको छ । प्रथम भएको ग्रे हाउसले शिल्डसहित मेडल प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा उत्कृष्ट शिक्षक अवार्डबाट अन्जना पुडासैनी सम्मानित हुनुभएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रतिभा डंगोल, प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण थापा, वडा नम्बर ८ का खेलकुद विकास समितिका अध्यक्ष उमेश थापा, रामकृष्ण भट्टको उपस्थिति रहेको थियो । तिहारपछि विद्यालयले क्रिकेट प्रतियोगिता आयोजना गर्ने सहायक प्रधानाध्यापक बस्नेतले बताउनुभयो ।
