Home मुख्य समाचार खोलाले बगाएकी रश्मि मृत फेला, नारायणीमा हाम फालेकी महिलाको पनि मृत्यु

खोलाले बगाएकी रश्मि मृत फेला, नारायणीमा हाम फालेकी महिलाको पनि मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : नुवाकोट जिल्लाको लिखु गाउँपालिकास्थित लिखु खोलाले बगाएका १२ वर्षीय रश्मि श्रेष्ठ मृत फेला परेकी छिन् । लिखु गाउँपालिका–४, शेरमुहान निवासी रश्मि श्रेष्ठलाई असोज २२ गते बेलुका साढे ५ बजे खोलाले बगाई बेपत्ता बनाएको थियो ।

बेपत्ता श्रेष्ठको शव आइतबार बिहान ८ बजेको समयमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–९, डुम्रेस्थित तादि खोलाको किनारमा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मृतकका बुबा राजु श्रेष्ठले शव पहिचान गरेको प्रहरीले जनाएको छ ।

यस्तै चितवन जिल्लाको नारायाणी नदीमा हाम फालेकी महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीको किनारबाट बेहोस अवस्थामा उद्दार गरिएकी ६५ वर्षीया दण्डकुमारी खरेलको उपचारको क्रममा मृत्यु भएको हो । खरेललाई भरतपुर अस्पतालका डाक्टरले आइतबार बिहान ११ बजेर ४० मिनेटको समयमा मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–९, पाख्रिबासकी दण्डकुमारीको शव उनको श्रीमानले पहिचान गरेको प्रहरीले उल्लेख गरेको छ ।

Exit mobile version