प्रहरीले नियन्त्रणमा लिएको कन्टेनर ट्रक ।

हेटौँडा : मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटे चेकपोष्टबाट अवैध सामान नियन्त्रणमा लिएको छ । बुधबार बिहान १० बजेको समयमा वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको लु २ ख ४०४१ नम्बरको कन्टेनर ट्रकलाई शंका लागि सुरक्षा जाँच गर्दा ट्रकमा बिल बिजक नभएको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले कन्टेनरबाट २८ लाख ७० हजार बराबरको अवैध औषधी, भाडाकुडा र खाद्यन्नको सामग्री बरामद गरेको थियो । प्रहरीले समानसहित कन्टेनर चालक पर्सा जिल्लाको वीरगंज महानगरपालिका– १४, पिपरा बस्ने ४५ वर्षीय हिरालाल प्रसाद कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।