Home मुख्य समाचार हेटौंडा उपमहानगरमा सम्बन्धीत वडाबाटै कन्ट्रयाक ट्रेसिङ हुने

हेटौंडा उपमहानगरमा सम्बन्धीत वडाबाटै कन्ट्रयाक ट्रेसिङ हुने

हेटौंडाः कोरोना सङ्क्रमितहरुको सम्पर्कमा को–को आएका थिए, कुन कुन स्थानमा गएका थिए भनेर गरिने कन्ट्रयाक ट्रेसिङ मकवानपुर जिल्लामा सक्रिय रहेकोे जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुयभो । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ वटा टिम, थाहा नगरमा २ र प्रत्येक गाउँपालिकामा प्राविधिक सहितको स्वास्थ्यकर्मीहरुको एक टीमले कन्ट्रयाक ट्रेसिङ गरिरहेको उहाँले बताउनुभयो ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको संख्या बढेकोले केही ढिलाई भएको हुन सक्ने तर ट्रेसिङ कार्य निरन्तर भैरहको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १० स्थानीय तहलाई कन्ट्रयाक ट्रेसिङ गर्न बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयले पनि प्रांविधिक सहयोग गर्ने बताउनुभयो । यस्तै डब्लुएचओका प्रतिनिधी डा. समिक्षाले पनि ट्रेसिङ कार्य कसरी गर्ने भन्ने बारे प्राविधिक सहयोग गरिरहेको बताउनुभयो ।

यता हेटौंडा उपमहानगरपालिकाले भने संङ्क्रमितको संख्या बढेपछि हरेक वडाका स्वास्थ्य चौकिलाई ट्रेसिङ गर्न तयार गरेको छ । हरेक वडामा भएको स्वास्थ्य चौकिको जनशक्तिबाटै कन्ट्रयाक ट्रेसिङ हुने गरेको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । उहाँका अनुसार अहिले सङ्क्रमितको पहिचान भएपछि सङक्रमितलाइ आइसोलेट गर्ने र सोहीसँग क–कसको सम्पर्कमा रहेको, कुन कुन स्थानमा गएको बुझ्ने र क्रस भेरिफाई गर्ने कार्य हुँदै आएको छ । आवश्यकता अनुसार ट्रेसिङ भएकाहरुको स्वाबको नमूना सङ्कलन गरी कोरोना परिक्षण गर्न पठाइएको पनि कार्कीले बताउनुभयो ।

Exit mobile version