हेटौंडाः बिहीबार कोरोना पुष्टि भएका ६ जना प्रहरीलाई हेटौंडा–४, कर्रास्थित आइसोलसन वार्डमा व्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाका अनुसार हालसम्म जिल्ला प्रहरी कार्यालय मातहतका १२ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
उनीहरुलाई अहिले आइसोसन वार्ड र आइसोलसन वार्डको बेड भरिएको अवस्थामा भने होम आइसोलसनमा राखिने भएको छ ।

आज हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डमा ४२ जना कोरोना सङ्क्रमित रहेको छन् भने ४ जना डिस्चार्ज भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।