सांकेतिक तस्वीर ।

हेटौँडा : छोरीको घरबाट आफ्नो घर हिँडेकी मकवानपुरको बकैया गाउँपालिका–६, सिरवानकी ७० वर्षीया कान्छीमाया थिङको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिनको ४ बजे बारा जिल्लाको निजगढ नगरपालिका–१२, रामथलीस्थित छोरीको घरबाट आफ्नो घर हिँडेकी कान्छीमाया घर नपुगेपछि खोजी गर्दै जाने क्रममा आइतबार दिउँसो साढे १ बजेको समयमा सिरवान जंगलको गोरेटो बाटोबाट ३५ फिट तल खसेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ । कान्छीमायाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल लगिएको छ ।