कार्यक्रममा उपस्थित अतिथिहरु

हेटौंडाः कञ्चनजंघा प्याकेजिङ एण्ड डिष्ट्रिव्युटर्स प्रालिले दशैंको अवसरमा सञ्चालन गरेको साप्ताहिक लक्की ड्रको विजेतालाई खसी उपहार दिइएको छ । प्रालिले उत्पादन गरेको फ्रेस मसलाको खरिदमा सञ्चालन भएको उपहार योजनाअन्तर्गत तेस्रो साताको लक्की ड्रमा कुपन नम्बर ०१४३२ का विजेतालाई खसी उपहार परेको थियो ।

कम्पनीले दशैँको अवसरमा हरेक साता लक्की ड्रमार्फत् मसला खरिद गर्ने उपभोक्तामध्ये एक जनालाई ३० केजीको खसी उपहार दिँदै आएको छ । यो हप्ताभित्र विजेताले सम्पर्क गरेर उपहार लिनुपर्ने बताइएको छ । विजेता सम्पर्कमा आएपछि खसी हस्तान्तरण गर्ने प्रालिका प्रबन्ध निर्देशक आयुष डोटेलले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, अतिथि डिलर एशोसिएसन मकवानपुरका अध्यक्ष अमित श्रेष्ठ, मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, पूर्वअध्यक्ष कृष्ण कटुवालको उपस्थिति रहेको थियो । अन्तिम लक्की ड्रका दिन बम्पर उपहारमार्फत् एक जना भाग्यशाली जोडीलाई थाइल्याण्ड भ्रमण गराउने प्रबन्ध निर्देशक डोटेलले बताउनु भयो ।