हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीद्वारा सञ्चालित ‘मिठास’ व्यवसायलाई २ लाख रुपैयाँको बिउ पुँजी प्रदान गरेको छ । बीबीएस तेस्रो वर्षमा अध्ययनरत अविज्ञा सुवेदी र आर्या श्रेष्ठले सञ्चालन गरेको उक्त व्यवसायले हाल केराको चिप्स उत्पादन गर्दै आएको छ ।

बिहीबार क्याम्पसले आयोजना गरेको बिउ पुँजी वितरण कार्यक्रममा उनीहरूलाई चेक हस्तान्तरण गरिएको छ । ‘मिठास’ को व्यवसाय विस्तारका लागि यो सहयोग गरेको क्याम्पसले जनाएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले यसअघि पनि आफ्ना विद्यार्थीले सञ्चालन गरेको ‘द एडमिक्रेस मेक्र्स’ लाई पहिलो चरणमा १ लाख ५० हजार र दोस्रो चरणमा ८ लाख रुपैयाँ सहयोग गरिसकेको छ । क्याम्पसले ‘आई हबः बिजनेस इक्युबेसन सेन्टर’ मार्फत् प्रत्येक वर्ष आफ्ना विद्यार्थीहरूलाई ६ महिनाको उद्यमशीलता तालिम पनि प्रदान गर्दै आइरहेको छ ।