हेटौँडा : कञ्चनजंघा प्याकेजिङ एन्ड डिष्ट्रिव्युटर्स प्रालिले दसैंको अवसरमा फ्रेस मसलाको खरिदमा खसी उपहार योजनाअन्तर्गत दोस्रो साताको लक्की ड्रमा हेटौँडा–१ का राहुल मन्सुरीलाई खसी उपहार परेको छ ।
हरेक साता लक्की ड्रमार्फत मसला खरिद गर्ने उपभोक्ता मध्ये एकजनालाई ३० केजीको खसी उपहार योजना अन्तर्गत शनिबार दोस्रो साताको भाग्यशाली विजेता मन्सुरी बन्नुभएको हो । विजेता मन्सुरीलाई संविधानसभा सदस्य प्रह्लाद लामिछानेले खसी हस्तान्तरण गर्नुभयो । कञ्चनजंघा प्याकेजिङ एण्ड डिष्ट्रिव्युटर्स प्रालिका प्रबन्ध निर्देशक आयुष डोटेलको सभाध्यक्षतामा लक्की ड्र कार्यक्रम भएको हो ।
