हेटौँडा : दोलखा जिल्लाको जिरी नगरपालिका–८, निगालेमा जंगली भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् । घाइते हुनेमा ३८ वर्षीय दिलिप लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो १ बजेको समयमा भालुखोप जंगलमा घाँस काट्ने क्रममा अचानक भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट घाइते भएका दिलिपको स्थानीय दाहाल मेडिकल मैनापोखरी दोलखामा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको प्रहरीले जानकारी दिएको छ ।