Home मुख्य समाचार थाहा नगरको गैरीगाउँस्थित ढुंगाखानीमा पहिरोले तीनवटा ट्रिपर र एउटा एक्साभेटर पुरियो

थाहा नगरको गैरीगाउँस्थित ढुंगाखानीमा पहिरोले तीनवटा ट्रिपर र एउटा एक्साभेटर पुरियो

सांकेतिक तस्वीरः गुगल ।

हेटौंडाः मकवानपुर जिल्लाको थाहा नगरपालिका–१२, गैरीगाउँस्थित ढुंगाखानीमा पहिरो जाँदा तीनवटा ट्रिपर र एउटा एक्साभेटर पुरिएको छ । प्रहरीका अनुसार आज साँझ करिब साढे ७ बजेको समयमा खसेको पहिरोले ट्रिपर र एक्साभेटर पुरिएको हो । पहिरोमा एकजना मानिस पनि पुरिएको अनुमान गरिएको छ ।

पहिरोका कारण त्रिभूवन राजपथ अवरुद्ध बनेको छ । राजमार्गसँगै रहेको ढुंगाखानीमा पहिरो गएकोले राजमार्ग अवरुद्ध बनेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार थाहा नगरस्थित इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले घटनाको अवस्थाका बारेमा जानकारी लिए पनि खानीका मानिस कोही पनि सम्पर्कमा नभएकाले विस्तृत विवरण प्राप्त नभएको जनाएको छ ।