वृद्धालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौँडा : जन्मदिनको अवसरमा सञ्चारकर्मी सन्देश थिङ्गले मकवानपुरको मनहरी गाउँपालिकाको भुन्द्रुङका अशक्त वृद्धा र बालबालिकालाई राहत सामग्री वितरण गर्नुभएको छ । थिङले सोमबार मनहरी गाउँपालिका–२ की ९६ वर्षीया छोरीमाया स्याङ्गतानलाई खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

वृद्धा स्याङ्गतान आफ्ना नाति बुद्धिमान स्याङ्गतानको सहारामा बस्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएको पाइएपछि थिङले सहयोग गर्नुभएको हो । थिङ्गले भुन्द्रुङस्थित टुयाङ्गकी दमार प्रारम्भिक बाल विकास केन्द्रका १८ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । केन्द्रमा १० जना प्रारम्भिक बाल विकास कक्षामा र ८ जना कक्षा–१ मा अध्ययनरत छन् । साना विद्यार्थीले पढाइमा सहजता होस् भनेर शैक्षिक सामग्री उपलब्ध गराएको थिङले बताउनुभयो ।