
हेटौँडा : कन्चन्जङ्घा प्याकेजिङ एन्ड डिष्ट्रिव्युटर्स प्रालिले दसैंको अवसरमा फ्रेस मसलाको खरिदमा खसी उपहार योजना ल्याएको छ । हरेक साता लक्की ड्रमार्फत मसला खरिद गर्ने उपभोक्ता मध्ये एकजनालाई ३० केजीको खसी उपहार प्रदान गरिने बताइएको छ ।
शनिबार भएको पहिलो लक्की ड्रमार्फत हेटौँडा–१ की सन्जु मोक्तानले ३० केजीको खसी उपहार जित्नुभएको छ । विजेता सन्जु मोक्तानलाई कञ्चनजङ्घा प्याकेजिङ एण्ड डिष्ट्रिव्युटर्स प्रालिका प्रबन्ध निर्देशक आयुषकुमार डोटेलले खसी हस्तान्तरण गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा भएको लक्की ड्र कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको आतिथ्य रहेको थियो ।
फ्रेस मसलाले हरेक साता लक्की ड्रमार्फत ३० केजीको खसी भाग्यशाली उपभोक्तालाई वितरण गर्ने जनाएको छ । यस्तै फ्रेस मसलाको फेस्टिभल प्याक खरिद गरेर सोको प्रयोग गरी टिकटकमा भिडियो बनाई शेयर गरी सबैभन्दा बढी भिउज र लाइक हुने एकजना असोज १५ गते हुने अन्तिम लक्की ड्र्मा नगद १० हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ ।










