अनिवार्य अवकास पाउनुभएका जनस्वास्थ्य कार्यालय मकवानपुर प्रमुख कृष्णबहादुर मिजारलाई विदाईको अवसरमा कदरपत्र प्रदान गर्नुहुँदै सूचना अधिकारी लक्ष्मण घिमिरे ।

हेटौँडा : जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको विदाई गरिएको छ । अनिवार्य अवकास पाउनुभएका प्रमुख मिजारलाई जनस्वास्थ्य कार्यालयका कर्मचारीले शुक्रबार कार्यालयमै एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो । २०८० साल बैशाखमा जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका मिजारले २ वर्षभन्दा बढी समय मकवानपुरका रहेर काम गर्नुभयो ।