Home मुख्य समाचार मकवानपुरका तीन पालिकामा स्ट्यान अधिवेशन

मकवानपुरका तीन पालिकामा स्ट्यान अधिवेशन

बागमती गाउँपालिकामा समिति गठनपछि खिचिएको तस्वीर ।

हेटौँडा : विज्ञान शिक्षक समाज नेपाल (स्ट्यान) मकवानपुरको तीनवटा स्थानीय पालिका अधिवेशन शनिबार सम्पन्न भएको छ । बकैया, बागमती र राक्सिराङ गाउँपालिकामा शनिबार एक साथ अधिवेशन सम्पन्न भएको हो ।

बकैया गाउँपालिका अध्यक्ष दुर्गा पराजुलीको सभाध्यक्षता तथा स्ट्यान बागमती प्रदेश सदस्य खेम बिकको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । अधिवेशनमा स्ट्यान मकवानपुर जिल्ला सचिव सुवास खनाल तथा स्ट्यान बागमती गाउँपालिका अध्यक्ष मधुसुदन हुमागाईँको विशेष आतिथ्य रहेको थियो । अधिवेशनले प्रभात माविका विज्ञान शिक्षक धनबहादुर लामाको अध्यक्षतामा श्याम यादव उपाध्यक्ष, कल्पना गोले सचिव, राजेन्द्र इटेनी सहसचिव, हिराकाजी जिम्बा कोषाध्यक्ष रहनुभएको २० सदस्यीय कार्यसमिति गठन गरेको छ ।

त्यसैगरी बागमती गाउँपालिकामा जनता माविका माध्यमिक तहका विज्ञान शिक्षक निरेश गौतमको अध्यक्षतामा अनुराज फुयाँल उपाध्यक्ष, सनिता बजगाईँ सचिव, सजिना थापा सहसचिव, करिना बल कोषाध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनाल र विशेष अतिथिमा स्ट्यान जिल्ला सदस्य दुर्गा पराजुली तथा स्ट्यान बकैया गाउँपालिकाका अध्यक्ष धनबहादुर लामा हुनुहुन्थ्यो ।

शनिवार नै भएको अधिवेशनबाट राक्सिराङ पालिकाको अध्यक्षमा पुरानै अध्यक्ष कृष्णकुमार गुप्ताले निरन्तरता पाउनु भएको छ । उपाध्यक्षमा विनोद यादव तथा सचिवमा मिथुन रुम्बा निर्वाचित हुनुभएको छ । स्ट्यान पालिका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको अधिवेशनमा स्ट्यान मकवानपुर जिल्ला उपाध्यक्ष भरत पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने स्ट्यान हेटौँडा नगर सल्लाहकार रामकृष्ण श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

Exit mobile version