Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । शुक्रबार चितवन, सिन्धुली, काभ्रे र नुवाकोट जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जाकनारी दिएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैरीविसैनीमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय सुकु माया बराईली रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान १० बजेको समयमा सुकुमाया इफिलको रुखमा घाँस काटने क्रममा रुखबाट लडेर घाईते भएकी थिईन् । घाइते सुकुमायालाई उपचारका लागि काभ्रेस्थित धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो ३ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–२, खानिखोलामा रुख ढलेर लाग्दा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय सुरेश तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान १० बजेर ३० मिनेटको समयमा सुकेको उतिसको रुख काट्ने क्रममा सोही रुख ढलेर लाग्दा सुरेश र ५२ वर्षीय सिताराम घिमिरे घाइते भएका थिए । घाइते सुरेशलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएकोमा दिउँसो १२ बजेर ४० मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते सितारामको काठमाडौं बालाजुस्थित ईन्दु मेडीकल उपचार भईरहेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१, सौराहाचोकमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा पुर्व–पश्चिम राजमार्गमा भरतपुरबाट खैरहनी तर्फ जाँदै गरेको ना ३ ख ५७३७ नम्बरको यात्रू बाहक बसले ठक्कर दिँदा पैदल यात्री चितवनको खैरहनी नगरपालिका–८, बस्ने सिर्जना विकको ३ वर्षीया छोरी समिरा विक घाइते भएकी थिइन् । घाइते विकको टाँडिस्थित स्थानिय बकुलहर हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । बालिकालाई साँझ ५ बजेर ४८ मिनेटको समयमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस र बस चालक धादिङ जिल्लाको रोराङ गाउँपालिका–६, बस्ने ३३ वर्षीय कमल मगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–९, बथानचौडी नजिकै ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेको समयमा मदनभण्डारी राजमार्गमा वीराटनगरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९६४४ नम्बरको खुद्रा सामान लोड ट्रकले ठक्कर दिँदा २ जना पैदल यात्री घाइते भएको प्रहरीले जानकारी दिएको छ । ट्रकको ठक्करबाट स्थानिय ४६ वर्षीय भुवन भुजेल र ६४ वर्षीय टेक प्रसाद दाहाल घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि शुभ स्वस्तिक अस्पताल लगिएको थियो । भुजेललाई उपचारको क्रममा बिहान ७ बजेर ३५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुई जनालई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको थियो भने २० वटा कुखुरा घरको गारोले थिचिएर मरेका छन् । ट्रक चालक धादिङ जिल्लाको गल्छी गाउँपालिका–२ का ३१ वर्षीय विशाल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version