हेटौँडा : हेटौँडा–१५, कमेरोपानीमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१६ घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका–१३, बस्ने ३७ वर्षीय बुद्ध बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शुक्रबार राती ९ बजेको समयमा प्रजा किराना पसल जाने क्रममा अचानक परेको चट्याङ लागि घटनास्थलमा नै मृत्यु भएको थियो । मुचुल्का लगायतको काम सम्पन्न गरी शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको छ ।











