उकृष्ट विद्यार्थीहरुलाई सम्मान पश्चात खिचिएको तस्विर ।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा भएको निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । सोमबार बुबाको मुख हेर्ने दिनको सन्दर्भमा आयोजित प्रतियोगितामा २२ वटा विद्यालयका ४२ जना विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतियोगितामा हेटौँडा–५, स्थित जीएस निकेतन माविकी विद्यादेवी आचार्य, हेटौँडा–८ कमानेस्थित कमाने एकेडेमीकी नीतिका भट्टराई र हेटौँडा–१८ खड्कुलेस्थित मकवानपुर बाल विद्या सदनकी सामना रिजाल उकृष्ट हुनुभएको छ । प्रतियोगिताका उत्कृष्ट हुने तिनै जना विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कक्षा–६ देखि कक्षा ८ सम्मका विद्यार्थी सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रम प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । यस अघि पनि प्याव्सन कार्यक्रमहरु संचालन गर्दै आएको छ ।