Home मुख्य समाचार हेटौँडा अस्पतालमा २४ जना सुत्केरी २० वर्ष भन्दा कम उमेरका

हेटौँडा अस्पतालमा २४ जना सुत्केरी २० वर्ष भन्दा कम उमेरका

हेटौँडा : हेटौँडा अस्पतालमा चालु आर्थिक वर्षको पहिलो महिनामा २४ जना २० वर्ष भन्दा कम उमेरका गर्भवतीहरु सुत्केरी भएका छन् । वर्षको पहिलो महिना साउनमा हेटौँडा अस्पतालमा २ सय ८४ जना गर्भवतीले सुत्केरी सेवा प्राप्त गरेकोमा २४ जना २० वर्ष भन्दा कम उमेरका गर्भवतीहरु रहेका हुन् ।

असार महिनामा २ सय ५५ जना गर्भवतीले सुत्केरी सेवा लिँदा २० वर्ष भन्दा कम उमेरका १२ जना गर्भवतीले प्रसुती सेवा लिएको हेटौँडा अस्पतालले जनाएको छ । २० वर्ष नपुगी गर्भ रहँदा जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ भने कानूनी रुपमा पनि २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई दण्डनीय अपराध मानिएको छ । यद्यपि २० वर्ष भन्दा कम उमेरमा विवाहका घटना भइरहेका छन् । कलिलो उमेरमा गर्भाधान गर्दा बच्चाको शारीरिक एवम् मानसिक विकास पूर्ण हुन नसकी जन्मने, समयावधि नपुगी बच्चा जन्मने जस्ले गर्दा बच्चा हुर्काउँदा विभिन्न रोगको सामना गर्नुपर्ने हुनसक्ने हेटौँडा अस्पतालको मातृ–शिशु वार्डकी स्टाफ नर्स देवकी खतिवडाले जानकारी दिनुभयो ।

Exit mobile version