Home मुख्य समाचार कुशे औँसीको अवसरमा सहकारीका ज्येष्ठ सदस्य भेला

कुशे औँसीको अवसरमा सहकारीका ज्येष्ठ सदस्य भेला

हेटौंडा : हेटौँडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यको भेला आयोजना गरेको छ । ७० वर्ष भन्दा बढी उमेरका सेयर सदस्यको भेला गरी उहाँहरुसँग संवाद गरिएको थियो ।

संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका सञ्चालक सिताराम दाहाल, सल्लहकार सूर्यचन्द्र न्यौपाने लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ४६ जना ज्येष्ठ नागरिकहरुको उपस्थिति थियो । उपस्थित सबैलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।

यसअघि सहकारीले साउन २४ गते २८ औँ स्थापना दिवस मनाएको थियो । स्थापना दिवसको अवसरमा हेटौंडा– १० स्थित संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरिएको थियो । सहकारीले १३ हजार रुपैँया बराबरको खाद्यान्न सहयोग गरेको थियो । संस्कृत वेद विद्यालयमा ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version