हेटौँडा–४ स्थित भुटनदेवी माविमा एसईईमा सहभागी विद्यार्थी । फाइल तस्वीर ।

हेटौंडा : एसईई ग्रेडवृद्धि मौका परीक्षाअन्तर्गत आइतबार भएको विज्ञान विषयको परीक्षामा ४३ जना अनुपस्थित भएका छन् । अनिवार्य विज्ञान विषयमा ४३ जना अनुपस्थित हुँदा १ हजार २ सय ३० जना उपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

यसअघि शनिबार भएको अनिवार्य गणित विषयको परीक्षामा ६१ जना अनुपस्थित भएका छन् । अनिवार्य गणित विषयमा १ हजार ८ सय ८० जना सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । ग्रेडवृद्धि मौका परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरका १३२ वटा माध्यमिक विद्यालयबाट २०८१ सालको एसईईमा ३ हजार १ सय १५ जना विद्यार्थी ननग्रेडेड भएका थिए ।

ग्रेडवृद्धि मौका परीक्षाको पाँचौ दिन सोमबार साधारणतर्फ अनिवार्य सामाजिक अध्ययन र प्राविधिकतर्फ अनिवार्य सामाजिक अध्ययन÷ऐच्छिक गणित विषयको परीक्षा हुनेछ ।