Home कला मकवानपुरका श्यामकुमार बानियाँको शब्द रहेको म्युजिक भिडियो ‘दोबाटोमा’ सार्वजनिक

मकवानपुरका श्यामकुमार बानियाँको शब्द रहेको म्युजिक भिडियो ‘दोबाटोमा’ सार्वजनिक

युट्युव च्यानलमा बानियाँको गीत प्रिमियर म्युजिक भिडियो गर्नुहुँदै संगीतकार लाल श्रेष्ठ ।

हेटौंडा : हेटौंडेली गीतकार श्यामकुमार बानियाँको नयाँ म्युजिक भिडियो ‘दोबाटोमा कुर्दा कुर्दै आज पनि साँझ पर्‍यो’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमबीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै संगीतकार लाल श्रेष्ठले स्थानीय कलाकारको कला रचनालाई प्राथमिकता दिएर प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले संगीत, कला र संस्कृतिको पहिचान भएकोले गीत संगीतको माया गर्नुपर्नेमा जोड दिनुभयो । श्यामकुमार बानियाँको शब्द र विष्णु अधिकारीको स्वर तथा संगीतमा तयार भएको गीतको म्युजिक भिडियोमा अञ्जु मुक्तान र विजयकृष्ण श्रेष्ठको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन छेगुन लामाले गर्नुभएको हो ।

ओपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो म्युजिक भिडियोको छायाङ्कन तथा सम्पादन महेन्द्र ओझाले गर्नुभएको छ । हेटौंडा आसपास विभिन्न स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियो युट्युबमा समेत उपलब्ध छ । बानियाँको यो गीत दशौं गीत हो । बानियाँले ३ वर्षको बीचमा १० वटा गीत रचना गर्नुभएको छ । राष्ट्रिय गान ३ वटा, एउटा लोक–पप, आधुनिक गीत एउटा गाउनुभएको छ । १० वटा गीत मध्ये ४ वटा गीत बानियाँ आफैंले गाउनु भएको छ ।

Exit mobile version