Home मुख्य समाचार ५८ जनाले रक्तदान गरे

५८ जनाले रक्तदान गरे

रक्तदान गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा ।

हेटौँडा : हेटौँडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवकै अवसरमा सहकारीले हेटौँडा–२ स्थित ओम वृद्धाश्रमलाई खाद्यान्न सामग्री समेत सहयोग गरिएको सहकारीका अध्यक्ष दिलिश गोविन्द जोशीले जानकारी दिनुभएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा नियमितरुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

Exit mobile version