Home मुख्य समाचार मुख्यमन्त्री लामाले भने, ‘गम्भीर राजनीतिक षड्यन्त्र भयो’

मुख्यमन्त्री लामाले भने, ‘गम्भीर राजनीतिक षड्यन्त्र भयो’

पत्रकार सम्मेलनमा बोल्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू नेतृत्वको सरकार ढालिनुको पछाडि गम्भीर राजनीतिक षड्यन्त्र रहेको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट बनेको सरकारको नेतृत्व गर्नुभएका लामाले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको बताउनुभयो ।

प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै उहाँले आफ्नो नेतृत्वमा सरकारले विकास र सुशासनप्रति गम्भीर प्रतिबद्धता देखाएको दावी गर्नुभयो । ‘राजनीतिक स्थिरता र जनतामा आशा र विश्वास जगाउनु नै गठबन्धनको मुख्य उद्देश्य थियो,’ मुख्यमन्त्री लामाले भन्नुभयो, ‘तर त्यही गठबन्धनलाई भत्काउने काम भइरहेको छ ।’

लामाले संविधानको धारा १६८ (२) बमोजिम गठबन्धनको समर्थनमा सरकार बनेको भएकाले संवैधानिक दायित्वबाट भाग्ने छुट आफुलाई नरहेको उहाँले बताउनुभयो । दलभित्रको आन्तरिक प्रतिस्पर्धाले संविधानको मर्म बिर्सन नदिएको उहाँको भनाई छ । उनले आफूले ईमान्दारिपूर्वक काम गरेको र कुनै भ्रष्ट्राचार वा स्वार्थको इशारामा नचालिएको स्पष्ट पार्नुभयो ।

‘के इमान्दारी नै मेरो कमजोरी थियो ? शक्तिकेन्द्र र स्वार्थ समूहको आदेशमा नचलेकोले आज मलाई हटाइएको हो । त्यो आफैंमा लोकतान्त्रिक मूल्यविरुद्धको घात हो’, उहाँले भन्नुभयो । मन्त्रीपरिषद् विस्तारमा समेत अवरोध गरिएकोप्रति असन्तोष जनाउनुहुँदै उहाँले यस्ता कार्यले ऐतिहासिक दृष्टिमा गम्भीर असर पार्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र माथि खतरा पैदा गर्ने यस्ता प्रवृत्तिप्रति सबै सचेत हुनुपर्ने पनि बताउनुभयो ।

Exit mobile version