Home मुख्य समाचार लागूऔषधसहित हेटौँडाबाट ४ जना पक्राउ

लागूऔषधसहित हेटौँडाबाट ४ जना पक्राउ

प्रहरीले बरामद गरेको लागूऔषधहरु ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित ४ जनालाई हेटौँडाबाट पक्राउ गरेको छ । शुक्रबार हेटौँडा–२ बाट औषधिजन्य लागूऔषधसहित २ जनालाई र शनिबार साँझ हेटौँडा–५ बाट २ जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार साँझ जानकारी गराएको छ ।

शुक्रबार दिउँसो १२ बजेर १० मिनेटको समयमा विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–२, नगरपालिकारोडस्थित गणेश मन्दिर अगाडिबाट मनहरी गाउँपालिका–१ घर भई हाल हेटौँडा–२, गणेश मन्दिर नजिक डेरा गरी बस्ने २० वर्षीय सुरेश थिङ र १९ वर्षीय सुजत थिङको साथबाट १ सय ५७ क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद गरेको जनाएको छ ।

यस्तै शनिबार साँझ ६ बजेको समयमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौँडा–५, पिप्लेचोकमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा शान्तिटोलबाट पिप्लेचोकतर्फ आउँदै गरेको ना ३५ प ६७१२ नम्बरको स्कुटर चालक हेटौँडा–५ का २१ वर्षीय विशेष शाक्य र स्कुटरमा पछाडी सवार हेटौँडा–६ का ३८ वर्षीय सुवास चौलागाईको साथबाट प्रहरीले लागूऔषध खैरो हेरोइन ५२० मिलिग्राम बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमै राखी अनुसन्धान गरिरहेको जानकारी गराएको छ । प्रहरीले पछिल्लो समय पक्राउ परेका अभियुक्तहरुको फोटो सार्वजनिक गर्न छाडेको छ ।

Exit mobile version