हेटौँडा : ६० औँ रक्तसंचार सेवा स्थापना दिवसको अवसरमा सोमबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाइटी बसामाडी उपशाखाको आयोजनामा भएको कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् ।
हेटौँडा–३, बसामाडीस्थित वडा कार्यालयको भवनमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाकी मन्त्री सुमित्रा काफ्लेको प्रमुख आतिथ्य रहेको रक्तसंचार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बसामाडी उपशाखाका सभापति पशुपति नहर्कीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले रगतको उपलब्धता सहज रहेको रक्तसंचार केन्द्रको भनाइ छ ।
