Home मुख्य समाचार यथार्थ विवरण पेश गर्न माग

यथार्थ विवरण पेश गर्न माग

हेटौँडा : संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) हेटौँडा उपमहानगर समितिले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको यथार्थ विवरण श्रम तथा रोजगार कार्यालय हेटौँडामा बुझाउन माग गरेका छन् । संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको यथार्थ विवरण पेश नगरिएको पाइएपछि ध्यानाकर्षण गराइएको दावी गर्दै इस्टु मकवानपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको हक अधिकारको संरक्षण र सम्मानका लागि यथार्थ विवरण प्रस्तुत गर्न माग गरिएको छ ।

इस्टु हेटौँडा उपमहानगर समितिका अध्यक्ष नवीनकुमार मिश्रले जारी गर्नुभएको विज्ञप्तिमा शिक्षक, कर्मचारीको नियुक्ति, पेशागत सेवा, सुविधा, सार्वजनिक विदा, विरामी विदा, सुत्केरी विदा, सुत्केरी स्याहार विदा, काजकिरिया विदा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सुनिश्चितता हुनुपर्ने माग समेत गरिएको छ । शिक्षक, कर्मचारीलाई पनि सचेत रहन आग्रह गर्दै श्रम तथा रोजगार कार्यालयले संस्थागत विद्यालयका शिक्षक, कर्मचारीका मुद्दालाई चासो दिएकोप्रति आभार समेत व्यक्त गरेको छ ।

Exit mobile version