Home मुख्य समाचार जिल्ला सुरक्षा समितिको बैठक बस्दै

जिल्ला सुरक्षा समितिको बैठक बस्दै

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बढेसँगै प्रदेश राजधानी हेटौंडासहित पश्चिमतर्फ मनहरी गाउँपालिकासम्म राजमार्ग खण्डमा निषेधाज्ञा जारी गर्ने विषयमा छलफल गर्ने गरी आज जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ ।

हिजो एकैदिन २३ जना सङ्क्रमित पुष्टि भएसँगै जिल्ला कमाण्ड पोष्टले हेटौंडा उपमहानगरपालिका क्षेत्र र पूर्वपश्चिम राजमार्गको हेटौंडा–मनहरी सडकखण्डमा निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आज केहीबेरमा जिल्ला सुरक्षा समितिको बैठक बस्ने जानकारी दिनुभएको छ ।

Exit mobile version