Home मुख्य समाचार एसईई उत्तीर्ण तुलसीमेहरका विद्यार्थीलाई सम्मान

एसईई उत्तीर्ण तुलसीमेहरका विद्यार्थीलाई सम्मान

विद्यार्थीलाई सम्मान गरिँदै ।

हेटौँडा : हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल आवासीय माध्यमिक विद्यालयले २०८१ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर विद्यालयले ३.९१ जिपिए ल्याउने छात्रा विभूति कश्यप अधिकारीसहित ५२ जना विद्यार्थीलाई अभिभावकसहित सम्मान गरेको हो ।

गत चैत्रमा सम्पन्न एसईईमा तुलसीमेहरबाट सहभागी ५६ जना विद्यार्थी मध्ये ५ जना विद्यार्थी ए प्लस, २६ जना विद्यार्थीहरु ए, १९ जना विद्यार्थीहरु बी प्लस र २ जना विद्यार्थीले बी ग्रेड प्राप्त गरेका थिए । परीक्षामा ४ जना विद्यार्थी ननग्रेडेड हुन पुगेका छन् । विद्यालयका प्रिन्सीपल रघुनाथ खरालको सभाध्यक्षता तथा एएस एजुकेशन नेटवर्क तथा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गोपी बन्जारा, अचला शर्मा, विद्यालयका माध्यमिक संयोजक देवेन्द्र चापागाई लगायत अभिभावक विद्यार्थीहरुको सहभागिता थियो ।

Exit mobile version