रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : हेटौँडा–४ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं स्थापना दिवसको अवसरमा हेटौँडा बजारको बुद्धचोकमा शनिबार बिहान रक्तदान कार्यक्रम भएको छ ।

लायन्स क्लब अफ हेटौँडा योङ्ग ग्यालेक्सीसँगको सहकार्यमा भएको कार्यक्रममा २५ जनाले रत्तदान गरेका छन् । सहकारीका अध्यक्ष आयुष डोटेलको अध्यक्षता तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।