निशूल्क वितरणका लागि तयार पारिएको खाजा ।

हेटौँडा : कञ्चनजंघा प्याकेजिङ एण्ड डिष्ट्रिव्युटर्स प्रालिले लायन्स क्लब अफ हेटौँडा योङ्ग ग्यालेक्सीसँगको सहकार्यमा हेटौँडा बजारको बुद्धचोकमा खाजा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

शुक्रबार साँझ हेटौँडा बजारको बुद्धचोकमा निशुल्क खाजा वितरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको हो । बेलुकी ५ बजेपछि सुरु भएको कार्यक्रममा ७ सय प्लेट खाजा वितरण भएको आयोजक लायन्स क्लब अफ योङ्ग ग्यालेक्सीका आयुष डोटेलले जानकारी दिनुभयो । कार्यक्रममा आयोजक संस्थाद्वारा आफ्नो उत्पादित मसलाको खाजामा प्रयोग तथा प्रदर्शनी समेत गरेको छ । यस्तै खाजा वितरण कार्यक्रमका सहभागीहरुबाट दान संकलन गरी ९ हजार ५ सय रुपैयाँ जम्मा गरेको डोटेलले जानकारी दिनुभयो । जम्मा भएको रकम कार्यक्रमको उद्देश्य अनुरुप हेटौँडा–१ स्थित श्री कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बैकुण्ठ पराजुलीलाई हस्तान्तरण गरिएको छ । यो रकम बराबरको कापी, कलम लगायतका शैक्षिक सामग्री खरिद गरेर विद्यार्थीलाई वितरण गरिने पनि आयोजकले जनाएको छ ।