सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–१४ स्थित डिठ्ठा खोलाको बगरमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा हेटाँैडा–१२, सिक्रेनी घर भई हाल काठमाडौंस्थित कलंकी डेरा गरी बस्ने ५० वर्षीय रमेशप्रसाद पुडासैनी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पुडासैनी शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा मृत फेला परेका थिए । अनुसन्धानको क्रममा पुडासैनी १ साता अगाडिदेखि नै हिँडेको खुलेको प्रहरीले जानकारी दिएका छ ।