सांकेतिक तस्वीर ।

हेटौँडा : धादिङ जिल्लाको गल्छी गाउँपालिका–७, भल्टारमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा पृथ्वी लोकमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६८११ नम्बरको यात्रु बस र बिपरित दिशाबाट जाँदै गरेको ग २० प ५२५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१३, वर्षीय १८ वर्षीय आदित्य राना गम्भिर घाईते भएका थिए । घाइते आदित्यलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा आदित्यको दिउँसो ४ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।