Home अर्थ/व्यापार हेटौँडामा ‘ईभी एक्सचेन्ज मेला’ सुरु

हेटौँडामा ‘ईभी एक्सचेन्ज मेला’ सुरु

ईभी मेलामा बिक्रीका लागि राखिएका भ्यानहरु ।

हेटौँडा : भिजी मोटर्सले हेटौंडामा ‘ईभी एक्सेन्ज मेला’ सुरु गरेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा भिजी मोटर्सले ‘ईभी एक्सेन्ज मेला’ को आयोजना गरेको हो । मेला आइतबारबाट सुरु भएको हो । साउन ४ गतेसम्म सञ्चालन हुने मेला ‘नाफामूलक लगानी, बिजुली गाडीमा’ भन्ने नारा तय गरिएको छ ।

मेलामा एसआरएम र जोयलङ ब्रान्डका विभिन्न मोडेलका ईभीहरू (इलेक्ट्रिक भेइकल) प्रस्तुत गरिएका छन् । कुनै पनि ब्रान्डका डिजेल वा पेट्रोलबाट चल्ने इन्जिन भएका सवारीसाधनसँग साटासाट (एक्सेन्ज) गर्न सकिने व्यवस्था गरिएको कम्पनीका प्रतिनिधि नरेन्द्र ढकालले जानकारी दिनुभएको छ । ढकालका अनुसार एसआरएम ईभीहरू सामान ढुवानीका लागि २ र ५ सिट क्षमताका, होटल प्रयोजनका लागि ७ सिट क्षमताका तथा छोटो दूरीको यातायातका लागि ११ सिट क्षमतासहित २२० किमी चल्ने मोडेलहरू उपलब्ध रहेका छन् ।

यस्तै, जोयलङ ईभीहरूमा १४ देखि २० सिट क्षमतासम्मका मोडेलहरू समेटिएका छन्, जसले ३ सय देखि ४ सय किमी दूरी पार गर्न सक्छन् । कम्पनीका अनुसार पेट्रोल वा डिजेल गाडीको तुलनामा ईभीमा ७५ प्रतिशतसम्म खर्च कम हुने तथा धुँवाबाट हुने वायु प्रदूषणमा समेत उल्लेखनीय कमी आउने दावी गरिएको छ ।

Exit mobile version