हेटौँडा : चितवन जिल्लाको खैरहनी नगरपालिका–१३, गवैमा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय पदम बहादुर राना मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान ७ बजेको समयमा पदम साथिसंग घाँस काट्न कुम्रोज मध्यवर्ती सामुदायिक बनमा गएका थिए । पदम घाँस काटदै जाने क्रममा सम्पर्कमा नआए पश्चात खोजतलास गदै जाँदा दिउँसो २ बजेर ४० मिनेटको समयमा मृत अवस्थामा फेला परेको थियो । अनुसन्धानको त्रममा बाघले आक्रमण गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।











