Home अर्थ/व्यापार ८ लाख नगदसहित बकैयाबाट जुवा खेलिरहेका २२ जना पक्राउ

८ लाख नगदसहित बकैयाबाट जुवा खेलिरहेका २२ जना पक्राउ

हेटौँडा : मकवनपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–५, राजदमारबाट जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । गए राती १ बजेको समयमा मिलन थिङको घरमा जुवा खेली रहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरवारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरी टोलिले मिलनसहित २२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपपुरले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट ३ सेट कौडा, ८ लाख ३६ हजार ४० रुपैयाँ नगद बरामद गरेको छ । प्रहरीले रौतहट, सिन्धुली जिल्लासहित मकवानपुरको बकैया, बागमती, हेटौँडाका २२ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले मिलनसहित बकैया–४ जुरेलीका ५५ वर्षीय गेहेन्द्र बहादुर थिङ, बकैया–७ का ३८ वर्षीय रोहन लुङबा, हेटौँडा–१८ का ४५ वर्षीय कमल थापा, ३५ वर्षीय अशोक श्रेष्ठ, हेटौँडा–८ कमानेका ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, ३६ वर्षीय चित बहादुर पाख्रिन हेटौँडा–१६, हटियाका ४६ वर्षीय रमेश महत, हेटौँडा–९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौँडा–४ हुप्राका ५२ वर्षीय कृष्ण लामा, बागमती गाउँपालिका–६, पाथीभाराका ४५ वर्षीय शेर बहादुर राना, ३३ वर्षीय दिपक दोङ, झुरझुरेका ४६ वर्षीय रबि चौधरी, बागमती–७ का ४० वर्षीय राज कुमार फुयाल, २२ वर्षीय बिजय तामाङ, बागमती–५ का ३० वर्षीय अणराज राउत, रौतहट जिल्लाको गौर नगरपालिका–९ का ५५ वर्षीय ईश्वर चौधरी, रौतहट बोधिमाई–८ का ३५ वर्षीय बिजय साह कलवार, सिन्धुली जिल्लाकोे मरिन गाउँपालिका–३ का ४९ वर्षीय बेनी बहादुर मुक्तान, मरिन गाउँपालिका–६ का ४३ वर्षीय उमेश माझी, कमलामाइ नगरपालिका–१० का ५५ वर्षीय शेर बहादुर थापा र सिन्धुलीको दुधौली–२ का ३७ वर्षीय कैलाश धामी पक्राउ गरेको जनाएको छ ।उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version