हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–८, पुलचोक बेलुवामा मोटरसाइकल दुर्घटनामा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान ९ बजेर २० मिनेटको समयमा पूर्व–पश्चिम सडकखण्डमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा ७६९० नम्बरको मोटरसाइकल चालक मकवानपुको राक्सिराङ गाउँपालिका–३, केराबारीका १८ वर्षीय दिपक दोङ, पछाडी सवार राक्सिराङ गाउँपालिका–१, ढुंगेनका २४ वर्षीय पिटर तामाङ, ४४३४ मोटरसाइकल चालक मनहरी–६ बिजौनाका २४ वर्षीय निरज राना प्रजा र पछाडी सवार मनहरी–७ का २४ वर्षीय विशाल प्रजा घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । अवस्था गम्भिर भए पश्चात विशाल प्रजालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा विशालको शुक्रबार राती ९ बजेर ३० मिनेटका समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
